पीएम कप काठमाडौ छनोटको उपाधिका लागि महावीर र सिइसी भिड्ने

प्रधानमन्त्री कप काठमाडौं छनोटमा क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) र महावीर स्टडिज एन्ड एथ्लेटिक्स सेन्टरबीच उपाधि भिडन्त हुने भएको छ। 

यसअघि महावरीले सुपर-६ को आफ्नो समूहमा दुवै खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो। 

SHIKHAR COOL TECH

महावीरले ग्रेट हिमालयन एकेडेमी र बालुवाटर क्रिकेट क्लबलाई सुपर-६ मा पराजित गरेको थियो।

आज रित गौतमले लगातार तेस्रो शतकमा सिइसीले हिमालयन क्रिकेट एकेडेमीलाई १०६ रनले हरायो।

मंगलबार माथिल्लो मुलपानीमा भएको सुपर-६ को खेलमा रितले हिमालयन क्रिकेट एकेडेमीविरूद्ध १३३ रन बनाएका थिए।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिइसी  ३९ ओभरमा १८३ रनमा अलआउट भयो।यसअघि रितले न्यु भिजन क्लबविरूद्ध १४४ रन र डिभाइन क्रिकेट क्लबविरूद्ध १०१ रन बनाएका थिए।

१८४ रनको लक्षय पछ्याएको हिमालयन ३५.५ ओभरमा ७७ रनमा अलआउट भयो। हिमालयनका अभिशेक बुढाऐरले २९ रन बनाउँदा बलिङमा सिइसीका दयानन्द मण्डलले ४ विकेट र युवराज खत्रीले ३ विकेट लिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार