एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्दै

 काठमाडौं : एसिया कपको फाइनलमा भारत र पाकिस्तान आज भिड्दै छन्। समूह चरण र सुपर फोरमा अपराजित भारतले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग फाइनल खेल्न लागेको हो।

सुपर फोरको अन्तिम खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनल पुगेको हो। भारत सुपर फोरको अन्तिम खेलमा श्रीलंकासँग सुपर ओभरमा विजयी हुँदै फाइनल पुगेको हो।

यो वर्षको एसिया कपको समूह चरण र सुपर फोरमा भारतसँग पराजित पाकिस्तानका लागि फाइनलमा बदला लिने अवसर हुनसक्छ। भारतले भने पछिल्ला खेलमा लगातार जित निकाल्दै आएकाले पाकिस्तानसँगको प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै आएको छ। भारत र पाकिस्तानको फाइनल भिडन्त आइतबार राति ८ः१५ बजे सुरु हुनेछ ।

अब दुवै दुबईमा पहिलो पटक एसिया कपको फाइनलमा आमनेसामने हुनेछन्। ग्रुप र सुपर-४ चरणमा भारतले दुवै पटक जित हात पारेको थियो।

भारत र पाकिस्तानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा १३औँ पटक कुनै टुर्नामेन्ट वा ट्राइ सिरिजको फाइनल हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार