काठमाण्डौ : एशिया कप टी-२० क्रिकेटमा सुपर-४ को दोश्रो खेलमा आज भारत र पाकिस्तान खेल्दैछन्।खेल नेपाली समयअनुसार राति सवा ८ बजे दुबईमा शुरु हुनेछ ।
यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले हराएको थियो।गएराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हराएर तालिकामा दुई अङ्क जोडेको छ।
सुपर-४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन्।सुपर-४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस्