भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ भन्छन्: ‘कर्मचारीहरूलाई दसैँ बोनस पनि दिन्छु, फेरि उभिन मिहिनेत गर्छु’

काठमाडौं : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पछिल्लो घटनाक्रमपछि आफ्नो भावुक प्रतिक्रिया दिएका छन्। एक सञ्चारमाध्यमसँगको कुराकानीमा उनले कर्मचारीहरूको भविष्यका लागि आफू अझ दृढ भएर अघि बढ्ने बताएका छन्।

“मसँग आबद्ध भाइ बहिनीहरूको भविष्यका लागि लड्नुपर्नेछ,” गुरुङले भने, “काम गर्न नपाए पनि उहाँहरूको तलब दिन्छु। भदौको तलब मात्र होइन, दसैँ बोनस पनि पठाउँछौँ।”

गुरुङले आफ्ना कर्मचारीहरूलाई परिवारको सदस्यको रूपमा लिने बताएका छन्। “म चाहिँ दसैँ मनाउने पक्षमा छैन,” उनले भने, “तर, मेरा बच्चाहरू जो मसँग आबद्ध छन्, उनीहरूले त दसैँ मान्नुपर्छ नि। त्यसैले, दसैँको बोनस पनि पाउँछन्।”

हालैको आगलागी र तोडफोडबाट ठूलो क्षति भएको भन्दै गुरुङले प्रारम्भिक अनुमानमा मात्रै १५ अर्ब रुपैयाँसम्मको क्षति हुन सक्ने बताएका छन्। “सबै जलेर खरानी भएको छ, लुटेर सखाप भएको छ,” उनले भने, “अब फेरि उभिन राम्रै मिहिनेत गर्नुपर्नेछ।”

गुरुङले आगामी ३ महिनाभित्र काठमाडौंका केही स्टोर पुनः सञ्चालनमा ल्याउने र १० महिनाभित्र सबै स्टोर सुचारु गर्ने योजना बनाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार