सहयोग रकम संकलन गरेर प्रहरी चौकी निर्माण गर्दै स्थानीय

काठमाडौँ : जेन जेड आन्दोलनमा तहसनहस भएको भक्तपुरको सानोठिमी प्रहरी चौकी निर्माणमा स्थानीय समुदाय जुटेका छन् ।

सानोठिमी प्रहरी चौकी निर्माणका लागि मध्यपुर ठिमी नगरपालिका-७ धुन्चेपाखा बस्ने स्थानीय समुदायहरूले रकम संकलन गरेका छन् । स्थानीय समुदायबाट संकलित १ लाख ३७ हजार ७ सय रुपैयाँ चौकीलाई हस्तान्तरण गरिएको बताइएको छ ।

Galaxy

४५ जना स्थानीयबाट संकलित गरिएको उक्त रकम चौकीलाई आइतबार हस्तान्तरण गरिएको बताइएको छ ।

यसअघि पोखराको प्रहरी कार्यालय बनाउन पनि स्थानीय समुदाय र पोखराका व्यवसायी जुटेका थिए । जेन जेड आन्दोलनका क्रममा प्रहरी धेरै प्रहरी कार्यालयहरू तहसनहस भएका थिए । आगजनी र तोडफोड पूर्ण क्षति भएका प्रहरी कार्यालय अहिले खण्डहर बनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार