अश्विनले लिए आईपीएलबाट सन्न्यास

काठमाडौँ — भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग(आईपीएल) बाट सन्न्यासको घोषणा गरेका छन् । बुधबार अश्विनले एक्समार्फत सन्न्यास घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा अश्विनले लेखेका छन्, ‘आजको दिन खास छ, त्यसैले सुरुवात पनि खास छ । भनिन्छ कि हरेक अन्त्यसँगै एक नयाँ सुरुवात हुन्छ ।

Seti Hospital

आईपीएलमा खेलाडीका रूपमा मेरो समय आज अन्त्य हुँदै छ । तर अम मेरो यात्रा अलग-अलग लिगमा खेलको सम्भावनाका नयाँ रूप बुझ्ने रूपमा सुरु हुँदै छ ।’ अश्विनले वर्षौंसम्म प्राप्त सानदार सम्झना र सम्बन्धका लागि सबै फ्रेन्चाइजीहरूलाई धन्यवादसमेत दिएका छन् ।

अश्वीन आईपीएलमा सबैभन्दा बढी विकेट लिने पाँचौँ खेलाडी हुन् । उनले ७.२ को इकोनमी रेटमा १८७ विकेट लिएका छन् । अश्वीनले आईपीएल यात्राको सुरुवात र अन्त्य चेन्नई सुपर किंग्सबाट गरे । साथै उनी राइजिङ पुने सुपरजायन्ट, दिल्ली क्यापिटल्स, राजस्थना रोयल्स र किंग्स इलेवन पञ्जाब(पञ्जाब) किंग्समा समेत आबद्ध रहे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार