४८ लाखको चाइनीज इलेक्ट्रिक चुरोट बरामद

बर्दिया — सशस्त्र प्रहरी बल ३१ नम्बर गण बीओपी शक्तिपुरले ४८ लाख ५ हजार मूल्यको चाइनीज इलेक्ट्रिक चुरोट बरामद गरेको छ। बर्दियाको मधुवन नगरपालिका-५ शक्तिपुरमा सशस्त्र प्रहरी नायब निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा ९ जनाले सीमा गस्ती गर्ने क्रममा उक्त चुरोट बरामद गरेको हो ।

साइकलमा जाँदै गरेका तस्कर सशस्त्र प्रहरी देख्ना साथ चुरोट र साइकल छाडेर भागेको सशस्त्र प्रहरी बलले जनाएको छ । नेपालमा प्रतिबन्धित उक्त चुरोट भारततर्फ लैजाँदै गरेको अवस्थामा आइतबार राति १२ बजे चुरोट बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले बताए ।

Seti Hospital

स्पेसमेन एसपी ४०००० नामको चाइनीज चुरोट १ हजार ९ सय २० वटा रहेको सशस्त्र प्रहरी उपरीक्षक शाहीले जनाए । एउटा चुरोटको बजार मूल्य २ हजार ५ सय रहेको छ । बरामद गरिएको उक्त चुरोट आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार