साउदी अरेबियामाथि नेपालको कठिन जित

काठमाडौँ : नेपालले यू–२० एएफसी एसियन कप छनोटमा शुक्रबार साउदी अरेबियालाई १–० ले हराएको छ र यो कठिन जित सावित भयो। सब्स्टिच्युट सुक्रिया मियाँले खेलको ९० औं मिनेटमा निर्णायक गोल गरिन्।

पेनाल्टी एरियामा अनमार्क रहेकी सुक्रियाले खेलको एक मात्र गोल गरिन् । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलको यो नतिजापछि नेपालको छनोट सम्भावना कायम रह्यो, तर यो सम्भावना आफैँमा कठिन भने रहेको छ।

अब नेपालको तेस्रो तथा अन्तिम खेल उत्तर कोरियाविरुद्ध रहेको छ । यो जितपछि नेपालको दुई खेलबाट चार अंक भएको छ ।

लगातार दोस्रो हारपछि साउदी अरेबिया शून्य अंकमै रह्यो । नेपालले यसअघि भुटानसँग पनि बराबरी खेलेको थियो । भुटानको एक अंक रहेको छ । शुक्रबारकै दोस्रो खेलमा उत्तर कोरियाले भुटानको सामना गर्नेछ र उसको तीन अंक छ । त्यसमा जित निकाल्दै बलियो उत्तर कोरियाले आफ्नो छनोट सम्भावना बलियो बनाउन सक्नेछ ।

त्यस अगाडि नेपालका लागि मीना देउवा पेनाल्टीबाट गोल गर्न चुकिन । खेलको ३७ औं मिनेटमा मनीषा सेनलाई साउदी अरेबियाकी वास्माह अल्सनाइफले लडाएपछि नेपालले पेनाल्टी पाएको हो । तर त्यसमै मीनाको प्रहार भने पोस्टमा लागेर फर्केको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार