धनगढी । कैलालीको धनगढीमा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१९ टाउनस्थित सडकमा साइकलबाट लडेर सोही ठाउँ बस्ने ५५ वर्षीय रामु आचार्यको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार साइकलबाट लडेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्