कैलाली — सुदूरपश्चिममा धार्मिक शिक्षा र संस्कारको जगेर्ना गर्ने लक्ष्यसहित शिवपुरीधाममा सुरु भएको ‘श्रीमद् हरिहर चातुर्मास अनुस्थान’ को अवसरमा १०८ फिट अग्लो शिवलिङ्ग सजाइएको छ । साथै, धामको भित्ताभर वशिष्ठ, अत्रि, जमदग्नि, शुक्राचार्य, शंकराचार्यलगायतका सतगुरु र ऋषिमुनिहरूका जीवन्त चित्रहरू कोरिएका छन्।


२०८२ असार २२ गतेदेखि कात्तिक १९ गतेसम्म चल्ने यस चातुर्मास अनुस्थानमा विविध धार्मिक अनुष्ठान, सत्संग, गुरु-शिष्य संवाद र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुँदैछन्।
धार्मिक चेतनाको विस्तार, इतिहास सम्झना र नयाँ पुस्तालाई सतगुरुहरूको शिक्षामा जोड्नका लागि गरिएको यो भित्तेचित्र सजावटले सम्पूर्ण क्षेत्रलाई आध्यात्मिक रूपान्तरणतर्फ उन्मुख गराउने आयोजकहरूको विश्वास छ।
कार्यक्रमको संयोजनमा रहेका सत्य सेवा प्रतिष्ठान र शिवपुरी धर्मोत्सव आयोजन समितिका अनुसार, यस अभियानले शिवपुरीधामलाई ‘धार्मिक पर्यटकीय गन्तव्य’को रूपमा पनि उचाइमा पुर्याउनेछ।
स्थानीय श्रद्धालुहरूको भनाइमा — “शिवलिङ्ग र सतगुरुहरूको चित्र सजावटले धर्मप्रतिको आस्था बढाउनुका साथै इतिहास बुझ्ने माध्यम बनेको छ।”
प्रतिक्रिया दिनुहोस्