धनगढी – सुदूरपश्चिमको शिवपुरीमा जारी श्रीमद्- हरिहर चातुर्मास अनुष्ठान अन्तर्गत ब्रह्म पुराणको वाचन सम्पन्न गरी व्यास गुरु वेद प्रकाश भट्टराईलाई बुधबार भव्य रूपमा बिदाइ गरिएको छ।
सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित शिवपुरी धर्मोत्सवमा ब्रह्म पुराण वाचन गर्दै आएका गुरु भट्टराईको योगदानको उच्च प्रशंसा गर्दै आयोजक समितिले सम्मानसहित बिदाइ गरेको हो।
आयोजक समितिका अनुसार गुरुकुल संस्कार प्रवर्द्धन र धार्मिक शिक्षाको महत्वबारे जनचेतना फैलाउन यो अनुष्ठान महत्त्वपूर्ण मानिएको छ।



प्रतिक्रिया दिनुहोस्