दुर्गेश, सिसन र गुराँस नानीको गीतका नयाँ–नयाँ रेकर्ड, युट्युव ग्लोबल ट्रेन्डिङमा

काठमाडौं : दुर्गेश थापाको स्वरमा रहेको ‘जाने भए जाउँ माया’ बोलको गीत रिलिज भएको तीन दिनमा नै ग्लोबल ट्रेन्डिङमा परेको छ भने नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ।

थापासहित सिसन बानियाँ र गुँरास नानीको सहकार्य रहेको गीतले यसले रिलिजको २४ घण्टामा सबभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड बनाएको छ।

SHIKHAR COOL TECH

गीतले रिलिजको १९ घण्टामै यसअघि विष्णु माझीका नाममा रहेको रेकर्ड तोडेको थियो। यो रिलिजको २४ घण्टाभित्र अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत समेत बनेको छ।

रिलिजको तीन दिनको छोटो समयमै गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समेत समावेश भएको छ। यसअघि यति छोटो समयमै कुनै नेपाली गीत ग्लोबल ट्रेन्डिङमा परेका थिएनन्। शनिबार गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा १० औं स्थानमा थियो भने आइतबार ३४ नम्बरमा छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार