भोजपुरमा एकै परिवारका ४ जनाको ह*त्या

काठमाडौं : भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २  बस्ने राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार उनी आफैंले प्रहरी कन्ट्रोल रुममा फोन गरेर आफूले चार जनाको हत्या गरेकाले पक्राउ गर्न आउन भनेका थिए । त्यसपछि तत्काल अस्थायी प्रहरी पोष्ट ओख्रेको प्रहरी टोली परिचालित भएको थियो ।

Seti Hospital

उनलाई प्रहरीले रामप्रसाद राई गाउँपालिका १ हर्बुभन्ज्याङ भन्ने स्थानमा प्रहरीले फेला परेको थियो । उनी पेटमा धारिलो हतियार प्रहार भएको अवस्थामा फेला परेका थिए ।

साथै उनका ससुरा ६८ बेलबहादुर गिर, सासु बिन्दु गिरी र उनका श्रीमती र सालोको शव फेला परेको थियो । प्रहरीले श्रीमती र सालो ‘अन्डर एज’को भएको भन्दै नाम भने खुलाएको छैन । राजेन्द्रले दुई वर्ष अघि प्रेम बिवाह गरेका थिए । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार