नेपालको एसियन कप सपना एक खेल टाढा

काठमाडौँ : नेपाल एसिसी महिला एसियन कप फुटबल खेल्ने सपनाबाट एक खेल टाढा उभिएको छ । एसिसी महिला एसियन कप छनोट–२०२६ अन्तर्गत समूह ‘एफ’ मा लगातार दुई जित निकालेको नेपाललाई छनोट चरण पार गर्न अब उज्वेकिस्तानलाई हराउने चुनौती छ ।

घरेलु टोली उज्वेकिस्तान पनि समूहमा लगातार दुई जित निकाल्दै अन्तिम खेलमा नेपाललाई बलियो टक्कर दिने तयारीमा छ । अहिले समूहमा नेपाल र उज्जेकिस्तानको समान ६/६ अङ्क छ । दुवैको गोलअन्तर पनि बराबर छ ।

Seti Hospital

बुधबार राति भएको खेलमा उज्वेकिस्तानले लाओसविरुद्ध ७–० गोलको फराकिलो जित निकालेको थियो । यस्तै अघिल्लो खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई १०–० गोलले हराएको थियो । यता नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले पराजित गरेको थियो ।

अब नेपाल र उज्वेकिस्तानबिचको अन्तिम खेलले एसियन कप खेल्ने टोलीको निक्र्योल गर्नेछ । लाओस र श्रीलङ्का भने एक खेल अगावै छनोटबाट बाहिरिएका छन् । 

यस्तै दक्षिण एसियाली टोली बङ्गलादेशले अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाएको छ । बङ्गलादेश पहिलो पटक एसियन कपमा छनोट भएको हो ।

समूह ‘सी’ अन्तर्गत म्यानमारमा जारी छनोट खेलमा बङ्गलादेशले घरेलु टोली म्यानमारलाई २–१ गोलले हराउँदै एक खेल अगावै छनोट चरण पार गरेको हो । लगातार दोस्रो जित निकालेको बङ्गलादेशले आफ्नो पहिलो खेलमा बहराइनलाई ७–० गोलले हराएको थियो ।

अब समूहको अन्तिम खेलमा बङ्गलादेशले तुर्किमिनिस्तानसँग खेल्नेछ । यस खेलको नतिजा आफ्नो पक्षमा नआए पनि बङ्गलादेश ‘हेड टु हेड’ का आधारमा अगाडि रहनेछ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार