काठमाडौं : रुकुमपश्चिममा खुकुरी प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । चौरजहारी नगरपालिका–३, टाटागाउँमा ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
चन्द्रबहादुरले गएराति खुकुरी प्रहार गरेर देविकाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । चन्द्रबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्