एसीसी यू-१६ क्रिकेट : नेपालले भुटानलाई २९८ रनले हरायो !

काठमाडौं : एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई फराकिलो अन्तरले हराएको छ । मलेसियामा मंगलबार भएको खेलमा नेपाललाई भुटानलाई २९८ रनले हराएको हो । नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा अलआउट हुँदै ६० रन मात्र बनाउन सक्यो ।

भुटानलाई अलआउट गराउन नेपालका लागि विपिन शर्माले ४ तथा सुयोग भट्टराई र सचिन भट्टले २/२ विकेट लिए । यसअघि नेपालले ५० ओभरमा ५ विकेटको क्षतिमा ३५८ रन बनाएको थियो ।

Seti Hospital

नेपालका लागि रौनक श्रीवास्तवले शतकीय पारी खेले । उनी १३२ बलमा १६८ रन बनाउँदै आउट भए । यस्तै, जोय थापा र शिवान्स बजगाईंले अर्धशतक बनाए । थापाले ६१ रन जोड्दा बजगाईंले ५४ रन बनाए । सुगम बुढाथोकीले ३५ रन जोडे ।

भुटानका लागि सांगे दोर्जीले ३ विकेट लिए । प्रतियोगितामा अहिलेसम्म भएका चारै खेल जितेको नेपालले सेमिफाइनल खेल्ने पक्का भइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार