पेट्रोलियम पदार्थको मुल्य बढ्यो !

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ बढेको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

भाउ बढेपछि काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ६५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४९ रुपैयाँ पुगेको छ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको  भाउ एक सय ६४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४८ रुपैयाँ पुगेको छ ।

Seti Hospital

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा भने पेट्रोलको भाउ एक सय ६२ रुपैयाँ ५० पैसा तथा मट्टीतेल र डिजेलको भाउ एक सय ४६ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी हवाइ इन्धनको भाउ पनि आन्तरिकतर्फ प्रतिलिटर सात रूपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले बढेको छ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार