१० वर्षपछि नाटक खेल्न नेपाल आउँदै जीवन लुइँटेल

काठमाडौं : अमेरिका गएको १० वर्षपछि चर्चित अभिनेता जीवन लुइँटेल अभिनयमा फर्किने पक्का भएको छ । कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक ‘शिरिषको फूल’मा उनले अभिनय गर्नेछन् ।

साहित्यकार पारिजातको चर्चित उपन्यासमाथि आधारित रहेर तयार हुन लागेको नाटकको मञ्चन साउन १ गतेदेखि सुरु हुँदैछ । नाटकको प्रमुख पात्र सुयोगवीरको रोलमा लुइँटेलले अभिनय गर्नेछन् ।

Seti Hospital

थिएटर प्रमुख प्रकाश पुरीका अनुसार यो नाटककै लागि लुइँटेल आगामी साता नेपाल आउँदैछन् । फिल्म करिअरको उत्कर्षमा रहेको बेला लुइँटेल दशकअघि अमेरिका हानिएका थिए ।

नाटकको मुख्य पात्र सकम्बरीको भूमिकामा अभिनय गर्ने कलाकारबारे कान्तिपुर थिएटरले केही खुलाएको छैन । यो नाटकको लेखन तथा निर्देशन थिएटरकै विद्यार्थी पत्रिका घिमिरेले गर्दैछिन् ।

‘जीवनजी राम्रो प्लाटफर्मबाट अभिनयमा फर्किन खोजिरहनुभएको थियो । हामीलाई पनि साहित्य र अभिनयमा दखल भएको अभिनेता चाहिएको थियो । पात्रमा पनि सुहाउने कारणले उहाँलाई लिएका हौं’ पुरीले अनलाइनखबरसँग भने ।

दर्शकले बिर्सन आँटेको बेला रंगमंचमा जीवनलाई देख्दा दर्शक उत्साहित पनि पुरीले बताए । ‘उहाँको कमब्याकको लागि यो राम्रो प्लाटफर्म हो भन्ने लाग्छ’ उनले भने । गत महिना रेखा थापालाई शीर्ष भूमिकामा लिएर कान्तिपुर थिएटरले मञ्चन गरेको नाटक ‘मीरा’ले निकै चर्चा पाएको थियो ।

लुइँटेलको कुरा गर्दा, उनको पछिल्लो फिल्म ‘सुकुल गुण्डा’ सन् २०१८ मा रिलिज भएको थियो । सन् २००८ देखि घरेलु फिल्ममा डेब्यु गरेका उनी दुई दशक फिल्म क्षेत्रमा सक्रिय रहे । उनी पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार