घाँटी रे*टेर युवकको ह*त्या

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का राजकुमार खंगको हत्या भएको छ । छेदीलाल खंगका ३२ बर्षीय छोरा राजकुमारको हत्या गरि फालिएको अवस्थामा बिहीबार विहान डाक्नेश्वरी नगरपालिका ८ र राजगढ गाउँपालिकाको बीच सिमा स्थित एक पोखरी किनारमा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले राजकुमारको घाँटीमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।

Seti Hospital

उनको हत्या रातीको समयमा गरिएको अनुमान गरिएको छ । मृतकको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पुर्याइएको छ । उनले हत्यामा संलग्नको खोजी कार्य तिव्र बनाइएको बताए । यस क्रममा बिहीबार नै घट्नास्थलमा डग स्क्वाड (तालिम प्राप्त कुकुर) को समेत प्रयोग गरिएको छ । मृतक स्थानियस्तरका कलाकार थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार