काठमाडौं : सशस्त्र प्रहरी सहायक निरिक्षक (असई)मा नाम निकालिदिने भन्दै रकम लिएर फरार एक जनालाई उपत्यका प्रहरी अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१५ बस्ने सोम कौशिक क्षेत्रीलाई पक्राउ गरिएको हो। उनले पीडितबाट ४ लाख ९१ हजार रूपैयाँ ठगी गरेका थिए। पीडितलाई ईसेवा तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रूपैयाँ जम्मा गर्न लगाएका थिए।
त्यसपछि ठगी गरी फरार भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका–७ रामकोटबाट पक्राउ गरेको हो।
प्रतिक्रिया दनुहोस्