अभिनेत्री स्वस्तिमा खड्काको गर्भवती लुक्स सार्वजनिक

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काको गर्भवती लुक्स सार्वजनिक भएको छ। षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन्। त्यसको गर्भवती लुक्स सार्वजनिक भएको हो।

‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त ब्यानरले आज अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेकswastima-1750748509.jpg
यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’ लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन्।

अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रूपमा प्रस्तुत हुन् तयार भएको बताएकी छन्।

यसअघिमा फिल्ममा स्वस्तिमाले गर्भवतीको अभिनय गरेकी थिइनन्। यो फिल्ममा मुख्य भूमिकामा नै उनी रहेको र गर्भवती लुक्सलाई नै सार्वजनिक गरिनुले फिल्म रोचक बनिरहेको अनुभूत बनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार