काठमाडौं : अभिनेत्री बेनिशा हमाल अहिले अति नै व्यस्त छिन् । उनी एउटा फिल्मको सूटिङ सकिन नपाउँदै अर्को फिल्मको सूटिङ व्यस्त हुने क्रम जारी छ ।
केही समयअघि फिल्म ‘मोहर’ को सूटिङमा व्यस्त थिइन् भने त्यसपछि ‘कल्लि’, ‘बिगुल’ तथा अहिले ‘द ब्लू लाइट’ को सूटिङमा व्यस्त छिन् ।
यसैबीच, यी अभिनेत्रीले अभिनय गरेका दुई नयाँ फिल्महरु एकै दिन प्रदर्शन हुने भएका छन् । जब–जब एउटा कलाकार धेरै वटा फिल्ममा व्यस्त हुन्छ, यसरी फिल्म जुध्ने सम्भावना प्रसस्त हुन्छ । विगतमा अभिनेता दयाहाङ राईदेखि राजेश हमालसम्मले यो अवस्था भोगिसकेका छन् ।
अहिले आएर अभिनेत्री बेनिशा हमालले अभिनय गरेका दुई फिल्महरु ‘सिटामोल’ र ‘मोहर’ एकै दिन प्रदर्शनमा आउन लागेका छन् । यी दुबै फिल्म आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउने भएपछि अभिनेत्री हमाललाई भने तनाव हुन थालेको छ ।
बेनिशा भन्छिन्– ‘मोहर तथा र सिटामोल दुवैमा मैले अभिनय गरेको छु । अब दुवै फिल्म एकसाथ प्रदर्शनमा आउँदा केहि तनाव त भएको छ । मेरो धर्म भनेको मैले दुबै फिल्मको प्रमोशनमा समय दिनु पर्नेछ, म अवश्य दिनेछु । एउटै कालाकारको दुई वटा फिल्म एकै दिन प्रदर्शनमा आहुँदा कलाकारलाई पनि प्रेसर हुन्छ भन्ने कुरा निर्माण पक्षले सोचिदिनु भएको अझ राम्रो हुन्थ्यो ।’
आफूले अभिनय गरेका दुबै फिल्म एक साथ प्रदर्शनमा आउँदा अब बेनिशाले कत्तिको धर्मसंकटको स्थिति सामना गर्नु पर्ने हो ? त्यो त साउन २३ गते नै थाहा हुन्छ । तर एउटै कलाकारको दुई फिल्म एक साथ प्रदर्शनमा आएको यो पहिलो पटक होइन । यसअघि पनि अभिनेताहरु दयाहाङ राई, राजेश हमाल, सौगात मल्ल आदि कलाकारका फिल्महरु एकै दिन जुधेको इतिहास छ ।
प्रतिक्रिया दनुहोस्