इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

काठमाडौं : इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आइआरजीसी) को गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको छ।

इजरायली आक्रमणमा काजेमी बाहेक उनका उपप्रमुख हसन मोहाक र कमाण्डर मोहसेन बाकेरी पनि मारिएको आईआरजीसी सम्बद्ध तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले जनाएको छ।

Seti Hospital

यसअघि, फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका थिए, “म तपाईंलाई भन्न सक्छु कि हामीले इरानका गुप्तचर प्रमुख र उनका उपप्रमुखलाई मारेका छौं।”

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि इजरायली आक्रमणमा २२४ जनाले ज्यान गुमाएका छन्।

यसैबीच, इरानले फेरि इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको छ। यसपछि हाइफा, तेल अभिभ र जेरुसेलममा विस्फोटको आवाज सुनिएको छ। इजरायलको आपतकालीन सेवाले यी आक्रमणहरूमा १० भन्दा बढी व्यक्ति घाइते भएको जनाएको छ।

यसबाहेक, अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई बताएअनुसार डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीको हत्या गर्ने इजरायली योजनालाई भिटो गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार