बझाङमा एआइ प्रविधि युक्त एक्स–रे बाट क्षयरोग सक्रिय खोज शिविरमा २ सय बढीले सेवा लिए

भक्तराज जोशी

बझाङ- छबिसपाथीभेरा गाउँपालिकामा एआइ प्रविधि युक्त एक्स–रे बाट क्षयरोग सक्रिय खोज पडताल शिविर सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय बझाङ, छविसपथिभेरा गाउँपालिकाको संयुक्त आयोजना, स्वास्थ्य निर्देशनालय डोटी र जिल्ला अस्पताल बझाङको प्राविधिक सहयोगमा छबिसपथिभेरा गाउँपालिका ५ थलारामा शिविर सञ्चालन गरिएको हो।

शिविरमा २ सय ८ जनाको छातीको एक्सरे गर्दा ५० जनामा क्षयरोगको सम्भावना देखिएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। उनीहरूको थप पुष्टिका लागि खकारको नमुना सङ्कलन गरि परीक्षण गरीने जनाइएको छ।

एआइ एक्सरे रिपोर्टमा क्षयरोगको सम्भावना देखिए तापनि खकारमा जीवाणु नदेखिएका व्यक्तिहरूलाई निगरानीमा राखिने र आवश्यकता अनुसार पुनः परीक्षण गरिने स्वास्थ्य कार्यालय बझाङका ल्याब टेक्निसियन नारायण जोशीले बताए।

नागरिकको स्वास्थ्य पहिचान गर्दै क्षयरोग जस्ता रोगहरूको प्रारम्भिक परीक्षणलाई प्रविधि–सहायतामा बनाउनु हो। एआइ एक्स–रे प्रविधिको प्रयोगले परीक्षणलाई थप सटीक र छिटो बनाउन मद्दत पुर्‍याउने स्वास्थ्यकर्मिहरूले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार