दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक अन्तिम चरणमा ,सरकारी वकिलहरूले जवाफ दिँदै !

काठमाडौँ : तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक अन्तिम चरणमा पुगेको छ । बिहीबार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले जवाफ दिँदै छन् । प्रतिवादी तर्फका कानुन व्यवसायीहरूले बहसमा उठाएको विषयहरूमा काठमाडौँका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार जनाले जवाफ दिँदैछन् ।

प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, टंक दुलाल, डा.भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।

Seti Hospital

सरकारी वकिलले जवाफ दिएपछि प्रतिवादीहरूलाई थुनामा पठाउने वा रिहा गर्ने भन्ने आदेश आउँछ । काठमाडौँ जिल्ला अदालतका न्यायाधिश ध्रुवराज कार्कीको इजलासमा थुनछेक जारी छ । राज्यविरुद्ध र ज्यानसम्बन्धी कसुरका  ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार