हैदराबादमा ‘लिभ इन रिलेसनसिप’मा रहेकी नेपाली महिलाको हत्या, पुरुष पक्राउ।

भारतको तेलंगाना राज्यको हैदराबादमा ३० वर्षीय नेपाली नागरिकलाई आफ्नै साथीको हत्या गरेर शव झोलामा राखी सुनसान ठाउँमा फ्याँकेको आरोपमा गिरफ्तार गरिएको छ । मारिने पनि ३३ वर्षीया नेपाली नागरिक तारा बोहरा रहेको इन्डिया टुडेले जनाएको छ ।

जुन ४ मा हैदराबादनजिकैको एक आवासीय क्षेत्र बचुपल्लीमा झोलामा राखिएको ताराको शव फेला परेको थियो । त्यसपछि यो घटना सार्वजनिक भएको हो ।

Seti Hospital

घटनालगत्तै प्रहरीले शंकास्पद ती व्यक्तिलाई पक्राउ गरेको थियो । उनको नाम विजय तोप्पा रहेको जनाइएको छ ।

उनी स्थानीय रेस्टुरेन्टमा सेफको काम गर्थे । उनी तारासँग ‘लिभ इन रिलेसनसिपमा बस्दै आएका थिए । उनीहरू दुवैजना बागलुङका भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

विजय र तारा फेसबुकमार्फत सम्बन्धमा जोडिएका प्रहरी अनुसन्धानका क्रममा पत्ता लागेको छ । तारा विवाहित र दुई सन्तानकी आमा थिइन् । उनी गएको अप्रिल १५ मा हैदराबाद पुगेर बोरम्पेटमा विजयसँग भाडामा बसेकी थिइन् ।

प्रहरीका अनुसार, मे २३ मा ताराको गर्भावस्थाका विषयमा उनीहरू दुईजनाबीच झगडा भएको थियो । त्यहीक्रममा विजयले नाइलन ब्यागको धागोले ताराको घाँटी कसेर हत्या गरेका जनाइएको छ । उनले पछि शव ठूलो झोलामा राखेर फ्याँकेका थिए ।

एक चौकीदारले शव फेला पारेर प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी र फरेन्सिक टोलीले घटनास्थल पुगेर विस्तृत अनुसन्धान गरेको थियो ।

आरोपितलाई पक्राउ गर्न पाँच विशेष टोली गठन गरिएको थियो । सीसीटीभी फुटेज र प्राविधिक प्रमाणका आधारमा प्रहरीले विजय मेड्चल जिल्लामा रहेको पत्ता लगाएर गिरफ्तार गरेको थियो । प्रहरी बयानमा उनले आफ्नो अपराध स्वीकार गरेका जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार