मृत्यु हुनेमा पैदलयात्री ५६ वर्षीय राजकुमार पौडेल छन् । उनलाई काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित सडकमा बा. प्र. ०१–००६ ख ५५०८ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
२५ जेठ, काठमाडौं । टिपरको ठक्करबाट काठमाडौंमा एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदलयात्री ५६ वर्षीय राजकुमार पौडेल छन् । उनलाई काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित सडकमा बा. प्र. ०१–००६ ख ५५०८ नम्बरको टिपरले ठक्कर दिएको थियो ।टिपरको ठक्करबाट गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दनुहोस्