आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणत्मक एकदिवसीय सिरिजमा आइतबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे स्कटल्याण्डको डुण्डेमा शुरु हुनेछ। यसअघिका दुई खेलमा लगातार जित निकालेको नेपाल घरेलुटोली विरुद्ध दोस्रो तथा सिरिजमा अपराजित रहँदै तेस्रो जित निकाल्न चाहन्छ। यसअघि भएको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई ५ विकेटले हराएको थियो।
जारी त्रिकोणात्मक प्रतियोगितामा नेपाल १० अंकसहित सातौँ स्थानमा छ। एकदिवसीय मान्यता जोगाउँदै विश्वकमा छनोट हुन नेपाललाई लिग टु का हरेक खेल जित्नैपर्ने दबाब छ।
प्रतिक्रिया दनुहोस्