पेट्रोलको भाउ २ रुपैयाँले बढ्यो

धनगढी । पेट्रोलको भाउ २ रुपैयाँले बढेको छ । योसँगै पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा १ सय ५९ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ पर्ने भएको छ ।

चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने पेट्रोलको मूल्य १ सय ५६ रुपैयाँ ५० पैसा पर्नेछ ।

Seti Hospital

त्यस्तै डिजेल र मट्टितेलको मूल्य ए रुपैयाँले बढेको नेपाल आयल निगमले जनाएको छ ।

बढेको पेट्रोलियम पदार्थको मूल्य आजै राती १२ बजेदेखि लागू हुनेछ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्दा हवाइ इन्धनको मूल्य भने घटेको छ । हवाइ इन्धन आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार