अर्की नेपाली छात्राको मृत्युपछि किटमाथि कडा कदम चाल्न एबीभीपीको माग

काठमाडौँ : भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा थप एक नेपाली विद्यार्थीको मृत्यु भएपछि अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ओडिशाले विश्वविद्यालयविरुद्ध कडा कारबाहीको माग गरेको छ।

विज्ञप्ति जारी गर्दै एबीभीपीले यस्ता गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार चुप बसिरहेको भन्दै तत्काल कडा कदम चाल्न माग गरेको हो ।

उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एबीभीपी ओडिशाले राज्य सरकारको मौनताप्रति प्रश्न उठाउँदै घटनालाई ‘घिनलाग्दो र लाजमर्दो’ भनेर टिप्पणी गरेको छ ।

बिहीबार केआईआईटी अन्तर्राष्ट्रिय छात्रावासमा बिटेक प्रथम वर्ष अध्ययनरत वीरगञ्जकी प्रिसा साह पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।


यसअघि गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार