११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

काठमाडौं : स्याङ्जामा ११ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा एक जना ५५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति चापाकोट नगरपालिका-८ निवासी ख्याम कर्ण दमाईं (अर्जुन नामले पनि चिनिने) हुन् ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार बालिकाकी अभिभावकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले दिएको जानकारी अनुसार घटनाको अनुसन्धान औपचारिक रूपमा सुरु गरिएको छ ।

Seti Hospital

प्रहरीका अनुसार गत वर्ष साउन १५ गते राति उनले बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप छ । लामो समयसम्म पीडित परिवारले न्यायको खोजी गरिरहेकै बीच, चैत २८ गते उनलाई घरमै लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

हाल आरोपी प्रहरी नियन्त्रणमा छन् र उनीमाथि कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको स्याङ्जा प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार