काठमाडौँको वायु शुद्ध बन्दै, वर्षा र हावाहुरीले राहत

काठमाडौं : काठमाडौँ उपत्यकावासीले लामो समयपछि केही राहतको सास फेर्न पाएका छन् । पछिल्ला दिनमा परेको छिटपुट वर्षा र सामान्य हावाहुरीले उपत्यकाको वायु प्रदूषण घटाएको छ । बुधबार दिउँसोदेखि सुरु भएको वर्षा राति र बिहीबार बिहानीपख समेत जारी रहँदा धुलो र धुँवाले ढाकिएको आकाश केही हदसम्म सफा भएको हो ।

एक समय विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाडौँ उपत्यका आज १३ औँ स्थानमा झरेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) अनुसार बिहीबार बिहान ८ बजे काठमाडौँको एक्यूआई १११ मापन गरिएको छ, जुन केही दिनअघिको ३५२ भन्दा निकै कम हो ।

Seti Hospital

हाल विश्वका सबैभन्दा प्रदूषित सहरहरूमा पाकिस्तानको लाहोर पहिलो, चीनको साङ्घाई दोस्रो र भारतको दिल्ली तेस्रो स्थानमा छन् । काठमाडौँमा लामो समयदेखि वर्षा नपरेको, धुलोको मात्रा बढेको र आसपासका जंगलमा लागेको डढेलोको धुँवाले वायु गुणस्तर अत्यधिक खस्किएको थियो । तर हालको वर्षाले डढेलो निभाउनुका साथै धुलो सफा गरेपछि वायुगुणस्तरमा उल्लेखनीय सुधार आएको देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार