हलमा छन् ६ नेपाली फिल्म, अझै लाग्दैछ तिहारमा रिलिज ‘पूर्णबहादुरको सारंगी’

काठमाडौं : यतिबेला सिनेमा हलमा ६ वटा नेपाली फिल्म प्रदर्शनरत छन्। त्यसमध्ये ‘राजागंज’, ‘अञ्जिला’ र ‘आउट लः दफा २१९’ पछिल्लो रिलिज फिल्महरू हुन्।

दीपक रौनियार निर्देशित ‘राजागंज’ गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो। मिलन चाम्स निर्देशित ‘अञ्जिला’ र विक्की महर्जन निर्देशित ‘आउट लः दफा २१९’ भने फागु पर्वको अवसर पारेर बिहीबार नै रिलिज भएका हुन्।

Seti Hospital

यी तीनवटा फिल्ममध्ये दर्शक उपस्थितिका हिसाबले ‘अञ्जिला’ अगाडि देखिएको छ। शो पनि यो फिल्मले बढी पाएको छ। 

त्यस्तै, सशान कँडेल निर्देशित फिल्म ‘होस्टेल–३’ दोस्रो सातामा प्रदर्शनरत छ। फागुन २३ गते रिलिज यो फिल्मले व्यापार पनि राम्रो गरिरहेको छ। 

फागुन १४ मा शिवरात्रिको अवसर पारेर एकसाथ तीनवटा नेपाली फिल्म रिलिज भएका थिए। त्यसमध्ये कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ।

अन्य दुई फिल्म निरोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’ र दिवाकर भट्टराई निर्देशित ‘मायावी’ धेरैजसो हलबाट उत्रिसकेको छ। क्युएफएक्स, बिग मुभिज, वान सिनेमाज लगायतका मल्टिप्लेक्समा यी फिल्मको एउटा पनि शो देखिँदैछ। 

तिहारको अवसर पारेर रिलिज फिल्म ‘पूर्णबहादुरको सारंगी’ हलमा अझै छ। क्युएफएक्स चेनमा यो फिल्म अझै प्रदर्शन भइरहेको देखिन्छ। क्युएफएक्स चेनको राइजिङ मलमा रहेको हलले फिल्मलाई दैनिक १ शो दिएको छ।

यो फिल्मले सर्वाधिक कमाइको रेकर्ड कायम गरेको छ।

चारवटामा छन् विजय बराल, तीनवटामा दयाहाङ

हलमा रहेका फिल्ममध्ये अभिनेता विजय बरालका चारवटा फिल्म छन्। ‘राजागंज’, ‘अञ्जिला’, ‘लाज शरणम्’ र ‘पूर्णबहादुरको सारंगी’ मा उनको अभिनय छ। त्यस्तै, अभिनेता दयाहाङ राई अभिनीत तीन फिल्म हलमा छन्। गत साता रिलिज ‘राजागंज’ र ‘अञ्जिला’ मा उनको शीर्षमध्येको भूमिका छ भने ‘लाज शरणम्’ मा दयाहाङ केमियो भूमिकामा छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार