पूर्वराजाका ‘भाञ्जा’ बताउने सिंहको ठगी धन्दा, भए जेल चलान !

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको भाञ्जाको भेषमा ठग्दै हिँडेको अभियोग लागेका अनुप सिंह कारागार चलान भएका छन्। ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरले मागेको धरौटी रकम तिर्न नसकेपछि उनलाई थुनामा पठाइएको बताइन्छ। 

सिंहमाथि आफूलाई पूर्वराजा शाहको भाञ्जाको परिचय दिएर अमेरिका पठाउने प्रलोभनमा विभिन्न व्यक्तिबाट संगठितरुपमा करोडौँ ठगेको आरोप छ। उक्त मुद्दामा जिल्ला अदालतले आज १२ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसकेकाले सिंह नख्खु कारागार चलान भएका हुन्।

Seti Hospital

यस प्रकरणमा सिंहसहित पक्राउ परेका सात जनाविरुद्ध मुद्दा चलेकोमा सचिन व्यञ्जनकार ६० हजार, राजकुमार केसी २५ हजार र अधिवक्ता दीपकराज खनाल एक लाख धरौटीमा छुटेका छन्।

ठगीमा संलग्न रहेको आरोप लागेका गोरखाका रामचन्द्र खनाल, गुल्मी घर भएका किरण सिंह कार्की र अभिषेकराज खनाल फरार छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार