‘होस्टेल ३’ले तीन दिनमा कति कमायो ?

काठमाडौं : ‘होस्टेल ३’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ ।

चलेका कलाकार, ब्यानर र निर्माताको फिल्मलाई समेत कमाउन धौ धौ परिरहेको बेला डेब्यु निर्देशक, त्यसमा पनि सबै नयाँ अनुहारका कलाकारले अभिनय गरेको फिल्मले घरेलु बक्सअफिसमा सुखद डेब्यु गरेको हो ।

Seti Hospital

फागुन २३ गते शुक्रबारदेखि रिलिज भएको फिल्मले प्रदर्शनको ३ दिनमा १ करोड ४६ लाख ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ ।

सशान कँडेल ‘सन्तोष’ निर्देशित फिल्मले विशेषगरि शनिबार राम्रो ब्यापार गर्‍यो । शनिबार अपरान्हपछिका शोमा दर्शकीय अकुपेन्सी खचाखच रह्यो । आइतबार अकुपेन्सीमा केही गिरावट देखिएपनि अनुपात निराशाजनक भने रहेन ।

कलाकार पारस बम ‘कुल ब्वाय’, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी लगायतको अभिनय यसमा छ । फिल्मको लगानी २ करोड रुपैयाँ बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार