चर्चा बटुल्दै रेखा पाेखरेलकाे पहिलो गीत ‘भाग्यमा श्री छ’

काठमाडौँ : युट्युबर भोजराज थापाकाे भिडियाेबाट भाइरल बनेकी रेखा पोखरेलको पहिलो गीत सार्वजनिक भएको छ। ‘भाग्यमा श्री छ’ बोलको गीतलाई करिब आठ लाख दर्शकले हेरिसकेका छन्। कमेन्टमार्फत स्वरको प्रशंसा गर्दै ९ हजारभन्दा बढी दर्शकले उनलाई सांगीतिक यात्राको शुभकामना दिएका छन्।

रेखा र रोशन सिंहको स्वर रहेको गीतका लेखक सुनिल विसी हुन्। गीतमा जीवनका उचारचढावका घटनालाई भाग्यसँग तुलना गरिएको छ। सुनिलले नै संगीत भरेको गीत ए वान प्लस स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोमा गायक/गायिका रोशन र रेखा गीत रेकर्डको समयलाई कैद गरिएको छ। भिडियोका निर्देशक क्रान्ति केसी हुन्।

यसबाहेक रेखाले काठमाडौँ आएर थप दुई गीत रेकर्ड गरिसकेको एक अन्तवार्तामा बताएकी छन्। साथीको व्रतबन्धमा भेटिएकी रेखालाई गीत गाउँने इच्छा पूरा गरिदिने भन्दै भोजराजले काठमाडौँ ल्याएका हुन्। रेखा दाङबासी हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार