फिल्म ‘लाज शरणम्’ले पायो प्रदर्शन स्वीकृति

काठमाडौं : फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको स्वीकृति पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई देशभर प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो ।

यसअघि पाटन उच्च अदालतले फिल्मको प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो ।

khadya

चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै पूर्वमन्त्री मोहम्मद अफताव आलमले दिएको रिटमा सुनुवाइ गर्दै मङ्गलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार