फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक, रोमाञ्चक कथा र युवा उमङ्ग

काठमाडौँ : फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् । ट्रेलरमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकार पनि देखिएका छन् । 

khadya

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म फागुन २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । 

फिल्मको निर्देशन सशान कँडेलले गरेका हुन् । माधव शर्माको लेखन, सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता रहेको फिल्मका सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।

अर्जुन तिवारीको छायाङ्कन, विकास दाहालको सम्पानदन रहेको फिल्ममा हिमाल केसीको एक्सन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार