६ वर्षपछि फर्किए ‘मेरी बास्सै’ मा धुर्मुस

काठमाडौं : हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ६ वर्षपछि ‘मेरी बास्सै’ मा फर्किएका छन्। उनले आफ्नो फेसबुकमा केही तस्बिर राख्दै यसबारे जानकारी दिएका हुन्। उनी अभिनीत एपिसोडको केही दिनअघि छायांकन गरिएको हो।

उनले राखेका तस्बिरमा रामचन्द्र अधिकारी ‘काजी साब’, सुरविर पण्डित ‘दाह्री बा’ लगायतका कलाकार पनि देखिएका छन्।

सिरियलमा सीतारामले धुर्मुसकै गेटअपमा अभिनय गरेका हुन्। उनी सिरियलमा नियमित देखिन लागेका भने होइनन्। आफू अभिनीत फिल्म ‘लाज शरणम्’ को प्रचारका लागि धुर्मुस ‘मेरी बास्सै’ मा पुगेका हुन्।

यो एपिसोड प्रसारण हुन बाँकी छ। सीताराम ‘मेरी बास्सै’ बाटै धुर्मुसको रूपमा दर्शकमाझ परिचित बन्न पुगेका थिए। उनले अभिनय गरेको फिल्म ‘लाज शरणम्’ फागुन १४ गतेदेखि प्रदर्शन हुँदैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार