फिल्म ‘लाज शरणम्’मा र्‍यापर बालेनको १० वर्ष पूरानो गीत

काठमाडौं : र्‍यापर बालेन उर्फ बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर बनेदेखि गायनमा सक्रिय छैनन् । उनी व्यवसायिकरुपमा सांगीतिक प्रस्तुति दिन पनि मञ्चमा उक्लिएका छैनन् । टेलिसियरल ‘सक्किगोनि’को टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’मा भने बालेनको गीत समावेश हुने भएको छ ।

उनको ‘नेपाल हाँसेको’ शीर्षकको गीत फिल्ममा समावेश हुने भएको हो । यो गीत बालेन्द्रले १० वर्ष अघि सार्वजनिक गरेका हुन्। उक्त गीतलाई बालेनलाई पुनस् रेकर्ड गराएका हुन् ।‘नेपाल हासेको‘’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।

Seti Hospital

गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिषा निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ । बालेन अहिले लोकप्रियताको उत्कर्षमा छन् । उनका स-साना गतिविधि पनि चासोको विषय बन्ने गरेका छन् ।

उनको स्वर रहेको गीत फिल्ममा राख्दा प्रचारमा सहयोग पुग्ने निर्माण पक्षको अपेक्षा छ ।‘लाज शरणम्’को केन्द्रीय भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । फागुन १४ बाट प्रदर्शनमा आउने यस फिल्मका निर्देशक कुमार कट्टेल हुन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता नवीन श्रेष्ठ र रामनरेश शाह हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार