महिला टी-२० श्रृङ्खला : नेपालले थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै !

काठमाडौँ : महिला टी-२० श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको छ। कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी हुन्।

नेपाल यसअघि खेलेका पाँचवटै खेलमा पराजित भएको छ। यसअघि नेपाल नेदरल्यान्डसँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो।

SHIKHAR COOL TECH

थाइल्यान्ड भने यसअघि खेलेका पाँच खेलमध्ये चारमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। यसअघि थाइल्यान्डले नेदरल्यान्डलाई आठ विकेट र १७ रनले हराएको थियो।

यस्तै, थाइल्यान्ड पछिल्लो खेलमा भने नेदरल्यान्डसँग एक विकेटले पराजित भएको थियो। आज नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, एलिशाकुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनीषा उपाध्याय, सीता राना मगर र रचना चौधरी छन्। राजमतीले प्रतियोगितामा आजको खेलबाट डेब्यू गरेकी हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार