`हन्टर´ को क्यारेक्टर्स लुक्स सार्बजनिक

काठमाडौं : फिल्म ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । फिल्मका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।

पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने बताउँछ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको फिल्ममा अन्य कलाकार को-को रहने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन ।

khadya

जीवन सिंहले यो फिल्मलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु फिल्म हो । क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ । फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् । फिल्म हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् ।

यद्यपि, फिल्म सिनेम्याटिक लिवर्टी बनाउने उनको भनाइ छ । ‘रियल पात्रको कथामा फिक्सन मिसाइनेछ । जसले फिल्मलाई रोचक र रमाइलो बनाउनेछ,’ जीवनले भने । यो पोष्टर रोयल भिमसेनले तयार पारेका हुन् । फिल्ममा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । प्रि–प्रोडक्सनमा रहेको फिल्मको छायांकन पश्चिम नेपालमा हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार