आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल आफ्नो तेस्रो खेलमा अष्ट्रेलियासँग ८३ रनले पराजित

Call24News

काठमाडौं : आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल आफ्नो तेस्रो खेलमा अष्ट्रेलियासँग ८३ रनले पराजित भएको छ।

मलेसियाको बांगीमा बुधबार अष्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल जम्मा ५६ रनमै समेटियो ।

khadya

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एलिसा यादवले ९, साना प्रविनले ८, सावित्री धामीले ७, सिमाना केसीले ६ रन बनाउँदा तिर्सना विश्वकर्मा १ रनमा आउट भइन्।

लगातार तेस्रो हारसँगै नेपाल सुपरसिक्समा प्रवेश गर्न नसकी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘डी’ मारहेका चार टिममध्ये अष्ट्रेलिया, स्कटल्याण्ड र बंगलादेश सुपरसिक्समा पुग्दा नेपाल भने असफल भयो। नेपालले समूहका सबै टिमसँगको खेल हारेको छ।

नेपाल बंगलादेशसँग ५ विकेट र स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो।

तेस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा  ६ विकेट गुमाउँदै १ सय ३९  रन बनाएको थियो । उसका लागि काओमी ब्रेले सर्वाधिका ४५ रनको योगदान गरिन्। इलेनोर लारोसाले ३१ रन बनाउँदा हसरत गिल ३० रनमा अविजित रहिन्। 

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् भने सिमाना केसीले २ र रिया शर्माले एक विकेट खसालिन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार