विश्वकपः नेपालका ५ खेलाडी रनआउट बंगलादेशलाई ५३ रनको लक्ष्य

Call24News

काठमाडाैँ : आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपालले टेस्ट मान्यताप्राप्त  राष्ट्र बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सवै विकेट डुमाएर ५२ रन बनाएको थियो । नेपालको ओपनिङ साना प्रभीन र सावित्री धामीले गरेका थिए ।

पहिलो विकेटको रुपमा सावित्री धामी व्यक्तिगत १ रन बनाएर आउट हुँदा नेपालको स्कोरबोर्डमा ३ रन बनेको थियो । त्यसपछि क्रिजमा आएकी कप्तान पूजा महतो पनि १८ बल फेस गर्दा २ रन बनाएर रनआउट भइन् । सोनी पाख्रीनले खाता नै खोल्न सकिनन् भने किरण कुँवर १ रनमै पभेलियन फर्किँदा नेपालले २१ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।

khadya

लगातार विकेट गुमाएको नेपालको पारिमा पाँचौं विकेट ३० रनमा गुमायो । नेपालकी ओपनर साना प्रभीन व्यक्तिगत १९ रन बनाएर आउट भइन् । उनी नै नेपालका लागि सर्वाधिक स्कोरर हुन् । 

सिमाना केसी १० रन बनाएर रनआउट हुँदा एलिसा यादव पनि ४ रन बनाएर रनआउट भइन् । तृषणा विश्वकर्माले ३ रन बनाउँद्या अनु कडायत खाता नखोली रनआउट भइन् भने अन्तिम विकेटको रुपमा रचना चौधरी ३ रन बनाएर रनआउट हुँदा रिया शर्मा ५ रन बनाएर नटआउट रहिन् । नेपालका लागि सिमाना केसी, एलिसा यादव र रिया शर्माले मात्रै एक एक चौका प्रहार गरे । 

बंगलादेशका लागि जन्नतुल मौवाले २ विकेट लिँदा निशिता अख्तर, फहोमिदा चोया, एमएसटी अनिसा अख्तर सोवाले एक एक विकेट लिए । नेपालमा ५ खेलाडी रनआउट भए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार