धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख (वार्डेन) शंकरबहादुर चन्द पुर्पक्षका लागि कारागार छन्।
जिल्ला अदालत कञ्चनपुरले जबरजस्ती करणी र गर्भपतन कसुरमा चन्दलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। जिल्ला अदालत कञ्चनपुरले अभियुक्त चन्दलाई बाल यौन दुरुपयोग मुद्दामा धरौटी माग तथा जबरजस्ती करणी र गर्भपतन मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरेको हो। वार्डेन चन्दमाथि अनाथालयमा बस्दै आएका अनाथ नाबालिकाहरुलाई जबरजस्ती करणी गरेर गर्भपतन गराएको आरोप छ।
अनाथालयका अन्य बालबालिकाहरु विद्यालय गएको समयमा अफिस कोठामा बोलाई चकलेटरचाउचाउ दिन्छु भन्दै पटकपटक अनाथालयमा बस्ने नाबालिकाहरुलाई यौन दुव्र्यवहार र जबरजस्ती करणी गर्ने गरेको आरोप छ। चन्दले अनाथालयमा बस्ने तीन जना बालिकामध्ये एकलाई यौन दुव्र्यवहार र जबरजस्ती करणीको शिकार भएका दुईमध्ये एकको गर्भपतन गराएका थिए। १४ वर्षीया बालिकासँगको अनैतिक सम्बन्धमा गर्भ रहेको थियो।
प्रतिक्रिया दनुहोस्