कालिकोटकी ६ वर्षीय बालिकाको बला*त्कारपछी ह*त्या

कैलाली : कालिकोटको नरहरिनाथ गाउँपालिका, वडा न.४ रूपशा अदेला टोलकी ६ वर्षीया नावालिका रस्मी बोकटीको भारतको बेड्लोर स्थित होस्यालनगरमा बलात्कारपछि हत्या भएको छ। घटनामा भारतको बिहारमा बस्ने २४ वर्षीय युवकले बालिकामाथि बलात्कार गरी हत्या गरेको भारतीय प्रहरीद्वारा पुष्टि भएको छ।

रोजगारीको सिलसिलामा भारतको बेड्लोरमा बस्ने नेपाली संघसंस्था र सर्वसाधारणले रस्मीले न्याय पाउनुपर्छ भन्दै आवाज उठाएका छन्। घटनाको दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै बेड्लोरस्थित राम मुर्ति नगर प्रहरी चौकीमा हत्यारालाई जिम्मा लगाइएको छ। नेपालका पत्रकार साथीहरू र विभिन्न संघसंस्थाले पनि घटनाबारे कडा प्रतिक्रिया जनाउँदै दोषीलाई दण्डित गर्न दबाब दिएका छन्। यस घटनाले नेपाली समुदायमा ठूलो आक्रोश उत्पन्न गराएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार