डडेल्धुरामा श्रीमानले गोली प्रहार गरेर श्रीमतीको ह*त्या गरे

डडेल्धुरा : डडेल्धुरामा श्रीमतीको हत्या गरेका आरोपमा एक श्रीमान् पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका-३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगर रहेका छन्।

डम्बरले घरायसी विवाद हुँदा आज (सोमबार) बेलुका २४ वर्षीय श्रीमती अस्मिता थापा मगरलाई गोली हानेको डडेल्धुरा प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार श्रीमान श्रीमती बीच दैनिक झैझगडा भइरहने गरेको थियो। डम्बरले रक्सी सेवन गरि गोली हानेको बताइन्छ।

श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार