‘रंगी’ फिल्मको पहिलो गीत ‘छ भने माया’ सार्वजनिक

काठमाडौँ : आउँदाे फागुन २ गतेबाट रिलिज हुने ‘रंगी’ फिल्मको पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द, संगीत र एरेन्ज तथा विमल चिनलको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसी फिचर्ड छन्। डान्सिङ नम्बरको गीतले मायाको कुरा गरेको छ। गीतमा सलोन र नम्रताको जोडी निकै सुहाएका छन्। संगीतकार दुर्गेशले फरक किसिमको संगीत दिएका छन्। कलाकारहरुलाई कोरियोग्राफर कविराज गहतराजले नचाएका छन्।

khadya

गीत रिलिज पछि संगीतकार दुर्गेशले १० वर्ष पछाडिसम्मको मेलोडीलाई ‘छ भने माया’ मा समेटेको बताए। उनले गायक आनन्द कार्की जस्तो दिग्गज गायकलाई आफ्नो संगीत र शब्दमा समेट्नु आफ्नो लागि चुनौती भएको खुलाए।

गायक आनन्द कार्कीले दुर्गेशको शब्द र संगीतमा गीत गाउने चाहना पूरा भएको बताए। गायिका सुजाता केसीले आफूलाई सुन्दर गीतमा स्वर दिने अवसर दिएकोमा आभार व्यक्त गरिन्।

फिल्मका प्रस्तुतकर्ता तथा नायक सलोन बस्नेतले आफू अष्ट्रेलियामा रहँदा यो गीत भर्चुअल माध्यम मार्फत सुनेको स्मरण गर्दै एउटा राम्रो गीत दर्शकलाई दिन पाएकोमा खुशी व्यक्त गरे। निर्देशक सुरेश न्यौपाने र आफ्नो सानो प्रयासले रंगीको अवधारणा ल्याएको भन्दै उनले त्यो अहिले सार्थक बनेको बताए।

‘डेब्यू’ नायिका नम्रता श्रेष्ठले आफूलाई विश्वास गरेर फिल्ममा लिएकोमा आभार व्यक्त गरिन्। उनले सामाजिक कथाको फिल्ममा जोडिन पाउनु र डान्सिङ नम्बरको गीतमा काम गर्न पाउनु खुशीको कुरा भएको बताइन्। फिल्मकी निर्मात्री करिश्मा केसी बस्नेतले फिल्म निर्माणमा पहिलो प्रयासलाई दर्शकले साथ दिनेमा ढुक्क रहेको बताइन्। ‘डेब्यू’ निर्देशक सुरेश न्यौपानेले ‘रंगी’ सलोन र आफ्नो सोचको परिणाम रहेको बताउँदै दशकले सामाजिक कथासँगै हाँसो र रोदनको मिश्रण पाउने बताए।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ। सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ। फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार