रीत गौतमले पनि हिर्काए अर्धशतक, पुलिसविरुद्ध सम्हालिँदै बागमती

काठमाडौं : जनकपुरमा जारी एलिट कप क्रिकेटमा बागमती प्रदेशका ओपनर ब्याटर रीत गौतमले अर्धशतक हिर्काएका छन् ।

विभागीय टिम नेपाल पुलिस क्लबविरुद्ध पहिलो पालीमा ९५ रनले पछि परेको अवस्थामा ब्याटिङ थालेको बागमतीका लागि रीतले ९१ बलमा ८ चौकाको मद्दतमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । ताजा अवस्थामा बागमतीले ३२ ओभरमा १४८ रन जोड्दै ४५ रनको अग्रता लिएको छ ।

प्रतियोगितामा पुलिस लगातार दोस्रो जितको खोजीमा छ । पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ‘ड्र’ खेलेको थियो । पुलिसले दोस्रो खेलमा मधेस प्रदेशविरुद्ध एक इनिङ र ३५ रनको जित निकालेको थियो ।

वाग्मती भने पहिलो जितको खोजीमा छ । वाग्मतीले पहिलो खेलमा मधेस र दोस्रोमा आर्मीसँग ‘ड्र’ खेलेको थियो ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार