गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘माया गर्न जान्यो मायाले’ सार्वजनिक (भिडियो)

काठमाडौँ : संगीतकर तथा गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘माया गर्न जान्यो मायाले’ सार्वजनिक भएको छ।  राजनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेको गीतमा राजनको स्वर, संगीत र शब्द रहेको छ।  

गीतमा उनलाई  डि क्याप्टेन वियोन्से स्वरमा साथ दिएकी छिन्।  वियोन्से राजनको नै गीत ‘फुलबुट्टे सारी’ गाएर केहि वर्ष अगाडी चर्चामा आएकी थिइन्।  उनले राजनसँग सहकार्य गरेको  ‘ल्यासे पाउँ’ गीत सफल भएको थियो।  केहि वर्षको अन्तरालमा सावजनिक यो गीतले टिकटकमा राम्रो क्रेज पाइरहेको छ।  

Seti Hospital

युट्युवमा पनि सोहि अनुसारको साथ पाउने राजनको विश्वास रहेको छ।   राजुजंग बस्नेतले निर्देशन गरेको भिडियोलाई अभेसमनी बज्राचार्यले खिचेका छन्।  भिडियोमा राजन र वियोन्सेको अभिनय रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार